|

काठमाडौं : घरजग्गा व्यवसायीले घर-जग्गामा दिने कर्जा वृद्धिका लागि दबाब दिएका छन्। नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष ०७५/७६ को मौद्रिक नीतिको अन्तिम तयारी जुट्दा घरजग्गा व्यवसायीहरूले घरजग्गा तथा रियल स्टेट क्षेत्रमा कर्जा वृद्धिको लागि विभिन्न निकायमार्फत दबाब दिन थालेका छन्।

राष्ट्र बैंक र अर्थ मन्त्रालय दुवै निकायले घरजग्गा अनुत्पादन क्षेत्र भएको भन्दै बैंकले दिने कर्जामा नियन्त्रणको प्रयास गरिरहँदा व्यवसयीहरूले औद्योगिक ऐन स्वयंले अनुत्पादनक क्षेत्र परिभाषित नगेको अवस्थामा नियन्त्रण गर्न नहुने बताएका छन्।

नेपाल घरजग्गा तथा आवास संघ र निजी क्षेत्रमा अन्य प्रतिनिधिमूलक संस्थामार्फत रियलस्टेट क्षेत्रमा बैंकले दिने कर्जा बढाउनका लागि दबाब दिन थालेका छन्।

नेपाल घरजग्गा तथा आवास संघ र निजी क्षेत्रमा अन्य प्रतिनिधिमूलक संस्थामार्फत रियलस्टेट क्षेत्रमा बैंकले दिने कर्जा बढाउनका लागि दबाब दिन थालेको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्। घरजग्गा क्षेत्रमा अधिक कर्जा प्रवाह हुने गरेको अवस्थामा नेपाल राष्ट्र बैंकले पछिल्लो समय यो क्षेत्रमा जाने अधिक कर्जाको रकम तथा प्रतिशत तोक्न थालेको छ।

घरजग्गा क्षेत्रमा मनपरी कर्जा दिएका कारण कतिपय बैंकहरू समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले नियन्त्रणको प्रयास सुरु गरेको हो। तत्कालीन गभर्नर डा. युवराज खतिवडा घरजग्गा क्षेत्रमा बैंकिङ क्षेत्रको अधिक कर्जा रोक्न सफल भएका थिए।

अहिले घरजग्गा क्षेत्रमा विभिन्न पाटोमा २५ प्रतिशतसम्म लगानी गर्न बैंकिङ क्षेत्रलाई छुट दिएता पनि राष्ट्र बैंकले राखेको प्रवधानको कारण आठ प्रतिशत कर्जा पनि घरजग्गा क्षेत्रमा नभएको भन्दै व्यवायीले बढाउन माग गरेका छन्।

घरजग्गा व्यवसायी तथा नेपाल चेम्बर अफ कमर्समा उपाध्यक्ष इन्जिनियर इच्छाराज तामाङले घरजग्गामा कर्जा वृद्धिको लागि लिखित तथा मौखिक रूपमा माग गर्दै आएको बताए। उनले आफूहरूले राखेको मागमा राष्ट्र बैंक सकारात्मक रूपमा लिएको दाबीसमेत गरेका छन्।

हाउजिङ परियोजनामा मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा दिनुपर्ने माग गरेका छन्। अहिले राष्ट्र बैंकले यस्तो कर्जा जम्मा मूल्याङ्कनको ४० प्रतिशतसम्म दिन पाउने व्यवस्था गरेको छ

तामाङका अनुशार घरजग्गा तथा आवास संघमार्फत हाउजिङ परियोजनामा भ्यालुएसनको ७० प्रतिशतसम्म कर्जा दिनुपर्ने माग गरेका छन्। अहिले राष्ट्र बैंकले यस्तो कर्जा जम्मा भ्यालुएसनको ४० प्रतिशतसम्म दिन पाउने व्यवस्था गरेको छ।

त्यस्तै आवाि कर्जा अन्तर्गत अहिले अधिकतमा डेढ अर्बसम्मको कर्जा सुविधा पाउने यसलाई शतप्रतिशत वृद्धिका लागि राष्ट्र बैंकलाई आग्रह गरेको छ। प्लटिङमा भने मूल्याङकनको ६० प्रतिशत कर्जा पाउनुपर्ने माग व्यवसायीको छ।

व्यवसायीहरूले राष्ट्र बैंकमार्फत नभई अर्थमन्त्रालयबाट समेत यसका लागि दबाब दिएका छन्। रियल स्टेट क्षेत्रमा कर्जा वृद्धि हुन सक्ने राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्।

घरजग्गा व्यवसायी तामाङले अहिले रियल स्टेट क्षेत्रमा डेढ खर्ब रुपैयाँ बराबरको लगानी रहेकोमा यसलाई करिब साढे दुई खर्ब बराबरको पुर्‍याउनुपर्ने माग गरेका छन्।  'हाउजिङ र रियल स्टेट क्षेत्रलाई सेवा र व्यक्तिगत घरलाई निर्माण उद्योगलाई मान्यता औद्योगिक ऐनले दिएको छ' तामाङले भने, 'यस क्षेत्रलाई निकै संकुचीत मानसिकताबाट हेरिएकोमा अब लगानी विस्तारमा सहयोग गर्नुपर्छ।'

व्यवसायीहरूले राष्ट्र बैंक यस विषयमा सकारात्मक देखिएको दाबी गरे पनि राष्ट्र बैंकका अधिकारीहरूले भने कुनै निर्णय नभएको दाबी गरेका छन्। 'व्यवासायीहरूले कर्जाको दर बढाउन लिखित मौखिक आग्रह गरिरहनुभएको छ, के गर्ने कति गर्ने भन्ने विषयमा निर्णय भएको छैन' राष्ट्र बैंकका एक अधिकारीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.