|

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले नेपाल खेलकुदका क्षेत्रमा धनी देश भए पनि खेलाडीहरूको जीवनयापनको उचित व्यवस्था सरकारले नगरेका कारण खेलकुदको समुचित विकास हुन नसक्ने बताएका छन्। एन्फाले मंगलवार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय एन्फाको कार्यनीति र विधानसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै लामो समयको केन्द्रीकृत शासन व्यवस्थाका कारण खेलकुद क्षेत्रले उपेक्षा भोग्नु परेको र अहिले खस्किदै गएको बताएका हुन्।

मुख्यमन्त्री राउतले भने, ‘एन्फाको नेतृत्व दरबारबाट निस्केर जनताका बीचमा आएकोमा धन्यवाद दिन चाहन्छौँ, खेलकुदको विकासको लागि प्रदेश-२ को सरकार सहयोग गर्न सधैँ तत्पर र साथ छ।’

युवाहरूलाई अनुशासित बनाउन खेलकुदको विकास तथा लागुऔषधमा फस्नुका प्रमुख कारण एक्लोपन रहेको भन्दै कम्तिमा युवाको लागि खेलकुदको समुसिचत व्यवस्था भए युवा एकत्रित भई आफ्नो विकासको सम्भावनाको बाटो खोल्न तयार हुने मुख्यमन्त्रीको तर्क थियो।

एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालमा फुटबलको ठूलो सम्भावना रहेको र सोही सम्भावनालाई मध्यनजर गर्दै एन्फाले प्रदेश-२ को रौतहटको चन्द्रनिगाहपुरमा महिला टेक्निकल सेन्टरको स्थापना गर्न लागेको जानकारी गराए। अध्यक्ष शेर्पाले निकट भविष्यमै पुरुष टेक्निकल सेन्टरको समेत स्थापना गर्ने जनाउँदै प्रदेश-२ को लागि १२ हजार विद्यार्थीलाई एक साथ फुटबलमा सहभागी गराउने योजना आफूहरूको लक्ष्य रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.