|

काठमाडौं : नेपाल बैंकको एफपिओमा पहिलो चरणको अन्तिम दिनसम्म जम्मा २८ करोड ६१ लाख रुपैयाँको आवेदन परेको छ। पहिलो चरणको अन्तिम दिन मंगलबार साँझसम्म नौ हजार ३१६ आवेदकबाट १० लाख सात हजार ६३० कित्ता शेयर परेको सिद्धार्थ क्यापिटलले जनाएको छ।

चार अर्ब ५५ करोड रुपैयाँको आवेदन खुलाएकोमा पहिलो चरणमा छ प्रतिशत रकम बराबरको मात्रै आवेदन परेको हो। यस आधारमा अझै चार अर्ब ६६ करोड रुपैयाँ बढीको आवेदन पर्न बाँकी छ।

दोस्रो चरणअन्तर्गत अब साउन १३ गतेसम्म भर्न पाइनेछ। बैंकले असार १५ गतेदेखि मंगलबार (असार १९ गते)सम्म एफपिओ आवेदन दिने समय तोकेको थियो। बैंकले प्रति कित्ता २८० रुपैयाँको दरमा एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ बिक्रीमा ल्याएको हो।

एफपिओपछि बैंकको चुक्ता पुँजी नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.