|

काठमाडौं : चिनियाँ सांकृतिक केन्द्र नेपालले काठमाडौंमा मंगलबार चाइनिज सांकृतिक कार्यक्रमको अायोजना गरेको छ। उक्त कार्यक्रमा चाइनिज संस्कृति झल्किने विभिन्न मार्सल आर्टका कला, नाच तथा नाटकहरू प्रस्तुत गरिएको थियो।

उक्त कार्यक्रम चाइनाको जिङ्सु प्रान्तको नानजिङ योङ ड्रिमर मार्सलआर्ट ग्रुपका साना बाालबालिकाहरूले प्रस्तुति गरेका थिए। उक्त प्रस्तुतिमा चाइनिज बक्सिङ, चाइनिज तरवार बाजी, चाइनिज ताइचि र चाइनिज सिंहनाच रहेका थिए। २६ जना बाल बालिकाकाे टोलीका सदस्यमा ८ वर्षीय कम उमेरका बालक पनि थिए।

यस्ता कार्यक्रमले चाइना-नेपालबीच सांकृतिक ज्ञानको आदान -प्रदान हुने कार्यक्रम आयोजकको भनाइ थियो। साे कार्यक्रममा नेपालीको तर्फबाट लिटल एन्जल्स स्कूलका विद्यार्थीले नेपाली सांस्कृतिक नाच पनि प्रस्तुत गरेका थिए।

फोटोमा कार्यक्रमका केहि झलकहरू:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.