|

बाँके : आइतवार दिउँसोबाट परेको अविरल वर्षाका कारण नेपालगन्जबाट हिमाली तथा पहाडी जिल्लामा हुने हवाई उडान प्रभावित भएका छन्। नेपालगन्जबाट हिमाली र पहाडी जिल्लामा हुने हवाई उडान प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए।

प्रमुख तिवारीले मंगलवार हुम्लाको सिमिकोट बाहेक हिमाली र पहाडी जिल्लामा उडान हुन नसकेको बताए। मंगलबार सिमिकोटमा ४ वटा उडान भएको छ।नेपालगन्जको विमानस्थलमा पानी जमेका कारण नभई हिमाली र पहाडी जिल्लाको आकाश नखुलेका कारण उडान हुन नसकेको पनि उनले बताए। भारी वर्षा भए पनि हवाई मैदानमा पानी नजमेको प्राधिकरण प्रमुख तिवारीले बताए। उनले भने, ‘हवाई मैदानमा पानी जम्ने समस्या हाम्रो यहाँ छैन।’ 

उनले हिमाली र पहाडी जिल्लाको हवाई उडान हुन नसके पनि वर्षाले नेपालगन्ज-काठ्माडौँ हवाई सेवा प्रभावित नभएको बताए। आइतवार नेपालगन्ज-काठमाडौँ नियमित उडान भएको पनि तिवारीले बताए। नेपालगन्ज-काठमाडौँका लागि बुद्ध, यति र श्री एयर लायन्सले दैनिक तीन उडान भर्दै आएका छन्। ती एयरलायन्सको नेपालगन्ज-काठमाडौँ नियमित उडानमा भने कुनै असर नपरेको प्राधिकरणले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.