|

काठमाडौं : काठमाडौं उपत्यकाका केही ठाउँमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ। फोन नलाग्ने समस्याले सेवाग्राही हैरान भएका छन्। 

दशैंका बेला टेलिकमले विभिन्न छुट योजना ल्याएको र त्यसको सेवाग्राहीले अधिकतम प्रयोग गर्दा लोड धान्न नसकेर समस्या आएको टेलिकमले जनाएको छ।

काठमाडौंको सुन्धारामा रहेको मोबाइल ट्रान्समिसन लाइनमा समस्या देखिएको र इन्जिनियरहरुको सम्पूर्ण टोली समस्या समाधानमा खटिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन्। 

दशैंका बेला फोन नलाग्दा सेवाग्राहीलाई समस्या पर्ने भएकाले तत्काल समाधानको प्रयास भइरहेको उनको भनाइ छ। सुन्धारा आसपास मात्रै समस्या देखिएको दाबी टेलिकमले गरेपनि उपत्यकाका विभिन्न ठाउँमा फोन नलाग्ने समस्याले उपभोक्ता हैरान भएका छन्। टेलिकमले दशैं तिहार र छठ पर्वका लागि भनेर फोन, एसएमएस र इन्टरनेट प्रयोगमा छुट योजना लागू गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.