|

रुकुम:   रुकुम सदरमुकाम मुसिकोटको खानेपानी समस्या समाधानका लागि विभिन्न पक्षहरू लागिपरिरहेको बताए पनि खानेपानी उपभोक्ताहरूको समस्या जस्ताको तस्तै  रहेको छ।

हाल बर्षातको समयमा समेत उपभोक्ताहरूले खानेपानीको जोहो गर्न हैरानी खेप्नुपरेको छ। खानेपानीको समस्या दिनप्रतिदिन झन् बढ्दै गएपछि उपभोक्ताहरू झन चिन्तित बनेका छन्।

आफुहरू एक बाल्टी पानी ल्याउन पनी सहिद मैदान र टटेलासम्म जाने जाने गरेको स्थानीय लोक बहादुर केसीले दुखेसो गरे। केसीको मात्र होइन खलंगा तल्लोलाईनमा बस्दै आएका पाईराम ओलीको पनि गुनासो त्यस्तै छ। उनले भने, 'आफ्नै मनमर्जी तरीकाले पानी चलाएको र पहुँचवालाहरूको घरमा मात्र पानी आउने गरेको छ, सम्बन्धीत सरोकारवाला निकायलाई पटक पटक आग्रह गर्दा पानी उपभोक्ताको माग सुनुवाई भएन’। त्यस्तै अर्का होटल व्यवसायी हेमराज ओलीले घरघरमा धारा भएपनि पानी नभएको बताए ।

उनले भने ‘पत्रिकामा सूचना प्रकाशित गरेर १५ गते बाट प्रत्येक उपभोताको घरमा खानेपानी पु्याउने भनिएको थियो’  तर अहिले सम्म खानेपानीको पाईप समेत व्यवस्थापन गरिएको छैन, जथाभबी बजार छेउछाउमा यत्रतत्र छरियर रहेको छ, खानेपानी बितरणमा मनोमानी छ, झनै खानेपानी समस्या बढ्यो।’

साना सहरी तथा आनेपानी आयोजनाले २४ सै घण्टा खानेपानी पु्याउछु भनी उपभोताहरूबाट अग्रिम सात हजार पाँच सयका दरले नगद रुपँया दिएको भएपनि खानेपानी उपभोक्ताको हितमा नभएर आयोजनामा बसेका ब्यक्तिहरूको कमाई खाने भाँडो भएको उनको आरोप छ।  आयोजना सम्पन्न भएर खानेपानी आउला र सहजै तरीकाले पानी आउला भनेर बसेका स्थानीयहरूको आशा निराशामा परिणत भएको छ।

२०७३ भदौबाट शुरु भएर १८ महिनामा काम सम्पन्न पर्ने गरि संचालित साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको काम प्रभावकारी नदेखिएको हो। रुकुम खलंगामा एक घर एक धारा निर्माण गरि नियमित पानी व्यवस्था गर्न करिब १४ करोडको आयोजना संचालनमा छ।

खानेपानी आयोजना, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय र मुसिकोट नगरपालिकाले तत्काल सरमुकाममा देखिएको खानेपानी समस्या तत्काल समाधान गर्न स्थानीयहरूको माग रहेको छ । एथासिघ्र खानेपानी समस्या समाधान नगरिदिए चरणबद्ध आन्दोलनका कार्यक्रमहरू पनि गरिने उनीहरूको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.