|

बुटवल : प्रदेश-५ सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ। प्रदेशसभामा बजेटमाथिको छलफल सकिएर विचाराधीन रहेको प्रदेश विनियोजन विधेयक-२०७५ पारित भएसँगै बजेट पास भएको हो। 

प्रदेश-५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश-५ प्रदेश विनियोजन विधेयक-२०७५) माथि कुनै संसोधन नपरेपछि आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलको अनुपस्थितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले निर्णयार्थ पेस गरेका थिए।

सत्तारुढ दलका सांसद्ले विधेयकको समर्थन गरे भने प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद्ले असहमति जनाएका थिए। बजेटमाथि कांग्रेसको तीव्र असन्तुष्टि रहेको भए पनि बहुमतका आधारमा सो विधेयक पास भएको हो।

प्रदेश सरकारले २८ अर्ब नौ करोड तीन लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.