बहुमतले टुंगो लगाउँछौँ : प्रदेशसभा सदस्य

|

उदयपुर : प्रदेश १ को नाम र स्थायी राजधानी अझै टुंगो लागेको छैन। प्रदेश सरकार गठन भएको झन्डै आधा वर्ष पुग्दा पनि प्रदेशको नाम र राजधानी नतोकिएको हो। नाम र राजधानीको विषयमा विभिन्न समयमा एक आन्दोलनसमेत भयो।

पूर्वाञ्चलको पुरानो सदरमुकाम धनकुटाले प्रदेश १ को राजधानी माग गर्दै आन्दोलन गर्‍यो। त्यसैको पेरिफेरिमा धरान, इटहरीवासीले पनि स्थायी राजधानी दाबी गर्दै आन्दोलन गरे। उता नामको विषयमा पनि किरातीहरूले किरात प्रदेश माग गरेको छन, भने भौगोलिक बनावटका अधारमा निर्वाचित सांसदहरूले कसैले विराट, कोचिला, सगरमाथा लगायतका नाम सार्वजनिक गर्दै आएका छन्।

सातवटा प्रदेशमध्ये ६ नम्वर प्रदेशले मात्र नाम र स्थायी राजधानी टुंगो लगाएको छ। बाँकी अन्य प्रदेशले नाम टुंगो लगाउन सकेका छैनन्। प्रदेश सरकारले नीति तथा बजेट पनि ल्याइसकेका छन्। तर नाम र स्थायी राजधानी के हुने भन्नेबारे अहिले अन्योलमा छ।

बहुमतले टुंगो लगाउँछौँ : प्रदेशसभा सदस्य

प्रदेशसभा सदस्य  नारायणबहादुर बुर्जा मगरले अब बस्ने प्रदेश संसदको बैठले नाम राजधानी टुंग्याउने बताए। ‘धेरै संसद साथीहरूको नाम र राजधानीको विषयमा चिन्ता व्यक्त गुर्नभएको छ,’ उनले भने, ‘जुन अवस्थालाई हेर्दा बहुमतीय आधामा मात्र नाम र राजधानी टुंगो लाग्ने देखिन्छ।’ मगर  उदयपुरबाट नेकपाका निर्वाचित प्रदेशसभा सदस्य हुन्।

यसैगरी नेकपाकै सुनसरीबाट प्रदेशसभा सदस्य उमिता विश्कर्माले पनि बहुमतकै आधारमा नाम र राजधानी टुंग्याउनुपर्ने बाध्यता आएको बातइन्। ‘सकेसम्म सहमतिकै आधारमा नाम र राजधानी टुंगिन्छ भन्ने आशा लागेको थियो,’ उनले भनिन्, ‘धेरै प्रदेश संसद साथीहरूले नाम र राजधानीको विषयमा आ–आप्mनै कुरा बोल्दै आएका छन्, त्यो देख्दा अब बहुमतीय आधारमा मात्र हुन्छ।’ विश्‍वकर्माले नामारकण चाँही बहुमतीय आदिवासी जनजातिको संख्याको आधारमा हुने भन्दै राजधानी पनि केन्द्रविन्दु हुने गरी कायम हुने बताइन्।

यसैगरी, धनकुटाकी प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले राजधानी धनकुटा हुनुपर्ने धनकुटाका प्रदेशसभा सदस्यहरूको माग रहेको बताएकी छिन्। ‘हामीले राजधानी धनकुटा नै माग गर्ने हो,’ उनले भनिन्, ‘भोटिङ हुँदा पनि धनकुटाकै पक्षमा गर्ने हो, तर, धनकुटा दिने सम्भावना छैन, हाम्रो माग निरन्तर राजधानी धनकुटा हुनैपर्छ भन्ने हो।’ उनले नामकरणभन्दा पनि धनकुटालाई राजधानी चाहिएको माग गरेकी छिन्।

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चबाट तप्लेजुङका प्रदेशसभा सदस्य संसद विष्णु तुम्बाहाम्फेले बहुमतीय आधारमा नभएर ‘लिम्बुवान खम्बुवान किरात’ प्रदेश हुनुपर्ने बताए। ‘राजधानी केन्द्रमा पर्ने गरी हुनुपर्छ,’ उनले भने, ‘भोटिङको आधारमा बहुमतको दम्भ देखाएर नामकरण गर्न पाइँदैन, अहिले जसरी किरातीहरूले किरात भनेका छन्, त्यो हुँदैन।’

नेपाल कांग्रेसको तर्फबाट उदयपुरका प्रदेश सांसद हिमाल कार्कीले नामकारण चाहिँ सगरमाथा राख्दा उचित हुने दाबी गरे। ‘अब नाम र राजधानी टुंग्याउनेतर्फ मुख्य मन्त्रीको ध्यान गएको देखिन्छ,’ उनले भने, ‘त्यसको लागि भौगोलिक हिसाबले केन्द्र बनाएर राजधानी तोकिनुपर्छ, किरात, लिम्बू भन्दै हिँडेमा त्यो नहुने कुरा हो।’

किरात प्रदेश बनाउन माग

पहिचान झल्किने गरी किरात प्रदेश बनाउन किराती समुदायहरूले माग गर्दै आएका छन्। किरातीहरूको जातीय संस्था किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले लगायतले किरात प्रदेश बनाउन ज्ञापनपत्र बुझाउनु, हस्ताक्षर अभियान सञ्‍चालन गर्नेलगायतका कार्य गर्दै आएका छन्। किराती जातीय संस्थाहरूले प्रदेशको नाम पहिचान झल्किने गरी राखेमा मात्रै स्वीकार्य हुने नभए स्वीकार्य नहुने घोषणासमेत गरेका छन्। जातीय संस्थाहरूले भने प्रदेशको नाम किरात हुनुपर्ने भन्दै हस्ताक्षर अभियान नै चलाएका छन्।

पूर्व-नेकपा माओवादी केन्द्रनिकट किराती राष्ट्रिय मुक्ति मोर्चा र पूर्व-नेकपा एमालेनिकट लोकतान्त्रिक किरात राई संघले प्रदेश १ लाई किरात प्रदेश नामाकारण माग गर्दै केन्द्रका ठूला नेतादेखि प्रदेशसम्म माग पत्र पेस गरेका छन्।

किरात राई यायोख्खा उदयपुरका अध्यक्ष विमल किरातीले किराती सभ्यताको आधारमा किरात प्रदेश हुनुपर्ने किरातीहरूको विभिन्न संगठनहरूले माग गरेको बातए। ‘किरात सभ्यतालाई सम्मान गर्दै किरात प्रदेशको माग गरेका छौँFF,’ उनले भने, ‘त्यही मागको लागि विभिन्न समयमा विभिन्न क्रियाकलापसमेत गरेका थियौँ।’

गलत प्रचारबाजी भयो : मुख्यमन्त्रीका प्रेस सल्लाहकार सुवेदी

एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई गएको २९ वैशाखमा उदयपुर गोल्ड उद्घाटन गर्न गाईघाट आइपुगेका थिए। गाईघाटमा प्रेस सेन्टर र प्रेस चौतारी उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजधानी र नामबारे मिडियाबाजी भइरहेको भन्दै एक महिनाभित्र सहमतिमै टुंगो लाग्ने बताएका थिए। नामको लागि विश्वको सर्वोच्च शिखर सगरमाथा, सप्तकोसीलगायतका चर्चित धार्मिकस्थल हुनेसमेत ठोकुवा गरेका थिए।

‘प्रदेशको नामाकरण र राजधानीबारे सबैलाई चासो छ,’ राईले भनेका थिए, ‘सहमतिकै आधारमा सबैलाई मान्य हुने राजधानी र नामाकरण जेठभित्रै कायम हुनेछ, अनि सबैको साझा हुनेगरी विश्वको सर्वोच्च शिखर सगरमाथा, सप्तकोसीलगायतका चर्चित धार्मिकस्थल हुनेछ।’

यसैगरी, २५ जेठमा किरात राई यायोक्खा सुनसरी जिल्ला समितिले धरानले आयोजना गरेको साकेला सांस्कृतिक कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को नाम किरात राख्नुपर्ने मागप्रति किरातीहरूलाई ढुक्क रहन आश्वसानसमेत दिएका थिए। किरातहरूको ऐतिहासिकता, सभ्यता र जनभावनाअनुसार राखिने किरात राख्ने प्रस्‍ट पारेका थिए।

उनले आफू पनि किरातीको छोरा भएको र प्रदेश चलाउने जिम्मेवार पाएको भन्दै आफूले किरातीको शिर नझुकाउने उद्घोष गरेका थिए। मन्त्री राईले प्रदेश १ को नामकरण र राजधानी छिट्टै टुंगो लाग्ने बताउँदै आएपछि जुन कार्यक्रममा गयो, त्यही जनमासका अनुसार बोलिरहेका छन्। जसले गर्दा नाम र नामाकरण के हुने हो भन्ने एक नम्बर प्रदेशवासीमा चासो बढेको छ।

तर, मुख्य मन्त्री राईका प्रेस सल्लाहाकार धुर्व सुवेदीले नामाकरणबारे मुख्यमन्त्रीले नबोलेका भन्दै मिडियामा आएका समाचारहरू गलत भएको दाबी गरेका छन्। ‘अब असार २५ गतेदेखि प्रदेश संसदको बैठक बस्दै छ,’ उनले भने, ‘सम्भवत साउन महिनाभित्र किरात प्रदेशको नाम टुंगिन्छ। ‘मुख्यमन्त्रीज्यू अहिले साझा नामकै विषयमा छलफलमा जुटिरहनुभएको छ,’ पुन प्रेस सल्लाहकार सुवेदीले भने, ‘सबैको साझा र सबैको अपन्त्व हुने नामको खोजीमा मुख्यमन्त्रीज्यू लागिरहनुभएको छ।’

नाम र राजधानीको लागि सरकारले तयारी थाल्यो : मन्त्री आङबो

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले प्रदेश सरकारले नाम र राजधानीको विषयमा छलफल सुरु गरेको बताए। सकेसम्म सबैको सहमतिमै नाम र नामाकरण गर्ने र राजधानीको टुंगोसमेत लगाउने दाबी गरेका छन। ‘केही दिनभित्रै संसद्‍को अधिवेशन सुरु हुँदै छ, संसदीय दल र संसदहरूसँग छलफल गर्ने क्रम पनि चलिरहेको छ।’ उनले भने, ‘हामीले नीति तथा बजेटमा पनि बृहत् क्षेत्र विराट भनेका छौँ, प्रदेश राजधानीको लागि भौतिक पूर्वाधारको समेत अन्य ठाउँमा अभाव भएकाले अब राजधानी विराटनगर नै रहन्छ।’

नामाकरणको लागि धेरै वटा प्रस्तावहरू आएका छन् भन्दै मन्त्री आङबोले भने, ‘सबैको पहिचान समेटिने गरी नामाकरण छलफल गरिरहेका छौँ।’ अहिले छलफल चलिरहेको छ। साउनभित्रै टुंगो लाग्ने मन्त्री आङबोको भनाइ छ।

जातीयभन्दा प्रकृतिक नाम चाहियो सर्वसाधारण

विराट प्रदेश, किरात लिम्ब"वान प्रदेश, सगरमाथा प्रदेश, मेची प्रदेश, कोसी प्रदेश नाम राखिनुपर्ने मागहरू उठ्दै आइरहेका छन्। जसले गर्दा आमप्रदेशवासी  जनतालाई अहिले चासो र चिन्ताको विषय बनेको छ।

मोरङका स्थानीय नवराज कटुवालले प्रदेश १ को नाम जातीय क्षेत्रीय अधारमा मन खिन्न बनाउनेभन्दा पनि प्रकृतिक नामबाट नामाकरण गर्दा राम्रो हुने बताए। हामी त प्रदेश सरकार होइनौँ,’ उनले भने, ‘हाम्रो भनाइ नामकै लागि अहिले कसैले किरात भनेका छन्, कसैले लिम्बुवान भनेका छन्, कसैले खम्बुवान भनेका यो नहोस्, साझा रूपमा हिमाल, नदी, धार्मिकस्थलबाट नामकरण होस् भन्ने हो। यसैगरी सुनसरीकै दीपा खत्रीले पनि जातीय हिसाबमा भन्दा पनि प्राकृतिक हिसाबले साझा नाम ल्याउनुपर्ने बताएकी छिन्। यता उदयपुर गाईघाटका शिव दाहाल पनि हिमाल, नदी, धार्मिकस्थलकै आधारमा नामकरण हुनुपर्ने बताउँछन्।

देशको भौगोलिक अवस्था

प्रदेश पोर्टलकाअनुसार प्रदेश १ मा १४ वटा जिल्ला पर्दछन्। जसले हिमाल, पहाड र तराईसम्म फैलिएका छ। झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर हुन्। यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिमबंगाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछ। यसैगरी, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश २ र देश ३ सँग जोडिएको छ। प्रदेशको कुल क्षेत्रफलल २५९०५ वर्ग किमि तथा कुल जनसंख्या ४५ लाख ३४ हजार ९४३ छ। मोरङ जिल्लाको विराटनगरलाई प्रदेशको अस्थायी राजधानी तोकी हालको काम कारबाही चलिरहेको छ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरूपमा ब्राम्हण, क्षेत्रि, राई, लिम्बू, थारू, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायत जाति छन्। भाषामा नेपाली, मैथिली, किराती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मगर र थारू भाषा मुख्य रूपमा बोलिन्छन्।

प्रकृतिक सम्पदाले भरिपूर्ण

विश्वकै सर्वोच्च शिखर सगरमाथालगायत कञ्‍चनजंगा, मकालु, चोयु, लोत्से, जन्नु, यलुंगकांग आदि हिमालहरूको अवस्थितिले मित्ररास्ट्र चीनसँग प्राकृतिक सीमाको काम गरेको छ। यस प्रदेशमा इलामको अन्तुडाँडा, कन्याम, धनकुटाको भेडेटार, सोलुखुम्बुको नाम्चे बजार, सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैयालगायतका पर्यटकीयस्थल छन्।

प्राकृतिक सम्पदा, वन्यजन्तु तथा पशुपंशिको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्‍ज, मकालु बरुण राष्ट्रिय निकुञ्‍ज, कोसी टप्पु वन्यजन्तु आरक्षण, कञ्‍चनजंगा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह्यातुङ झरना तथा टोड्के र पोकलीजस्ता ठूला र लामा झरनाहरू पनि यसै प्रदेशमा पर्दछन्।

धार्मिक तथा सांस्कृतिक दृष्टिले समृद्ध

सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिम श्रृंखलालगायत प्राकृतिक सम्पदाले सुशोभित दक्षिणपूर्वी एसियामा अवस्थित नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिलेसमेत समृद्ध छ। असंख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सुदूरपूर्वमा रहेको यसमा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरूमा ताप्लेजुङको पाथिभरा देवीको मन्दिर, इलामको माईपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बुढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकूण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिकस्थलहरू रहेका छन्।

जलस्रोतमा सम्पन्न

यस प्रदेशमा पुवा खोला जलविद्युत आयोजना र थामे जलविद्युत आयोजना निर्माण भई सञ्चालनमा रहेका छन् भने अरूण तेस्रो जलविद्युत आयोजना प्रमुख प्रस्तावित जलविद्युत आयोजनाभित्र पर्दछ। जलस्रोतमा सम्पन्न यस प्रदेशमा अरूण, तमोर, दुधकोसी, मेची, कन्काई र त्रिजुगा, लगायतका नदीहरू रहेको एक नम्वर प्रदेशको वेवसाइटमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.