|

गोरखा : प्रदेश ४ का सांसदले नियमित पाउँदै आएको भत्ता बढ्ने भएको छ। बुधबार बसेको प्रदेश-४ को सरकारको बैठकले सांसदलाई नियमित दिँदै आएको बैठक भत्तामा थप गरेर यातायात खर्चको व्यवस्था गरेको हो।

यसअघि बैठक भत्ता सातसय ५० बुझ्दै आएका सांसदले अब थप सातसय ५० रुपैँया भने यातायात खर्च भनेर पाउने प्रदेश ४ का कृषि मन्त्री लेखबहादुर थापाले जानकारी दिए। मन्त्रिपरिषदको बैठकले गत चैत ३० गते सांसदहरुको सेवासुविधा तोके पनि बुधबार भत्ता थोरै भएको भन्दै यातायात खर्च थपिएको प्रदेश ४ संसद सचिवालय स्रोतले जनाएको छ।

त्यस्तै बुधबारको मन्त्रीपरिषदको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ। प्रमुख प्रतिपक्ष दलका नेताले घरभाडाको रूपमा मासिक २० हजार रुपैँया पाउने भएका छन्।  त्यस्तै कुनै सांसद गम्भीरखालको विरामी परे सरकारले गर्ने सहयोगको कार्यविधि बनाउन समितिसमेत बनाइएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, सामाजिक विकासमन्त्री नरदेवी पुन सदस्य र मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव धर्मराज कुँइकेल उक्त समितिका सदस्य छन्। बुधबारको बैठकले प्रदेश स्थतरिय बन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागि तयारी थाल्ने निर्णय गरेको लम्जुङका सांसद धनञ्जय दवाडीले जानकारी दिए।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.