|

गोरखा : प्रदेश-४ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश-४ को संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको छ। प्रदेशको नामका विषयमा मंगलबार बसेको सांसद बैठकमा नेकपाका सांसदहरूले आन्तरिक तयारी नपुगेको भनेपछि बैठक नै स्थगित भएको थियो।

प्रदेशको नामको विषयमा नेकपाका सांसदहरूबीच गण्डकी, तमुवान, तमुवान गण्डकी, मगरातलगायतका नाम राख्नुपर्ने भन्दै विवाद हुँदै आएको थियो। नेकपाका सांसद राजीव पहारीका अनुसार प्रदेश ४ को नाम गण्डकी राख्ने सहमति भएको छ। अबको सांसद बैठकमा प्रदेशको नाम तथा स्थायी राजधानीको लागि सुझाव संकलन समितिका संयोजक विन्दु कुमार थापाले प्रदेशको नामको विषयमा पुन प्रतिवेदन टेबुल गर्नेछन्।

प्रदेश ४ को नाम गण्डकीसँगै, गोरखा, तमुवान मगरात, धौलागिरीलगायतको नाम प्रस्ताव गरिएको छ। यसअघि सोमबार प्रदेशको स्थायी राजधानी पोखरा हुने टुंगो लाइसकेको छ।  कांग्रेसका पनि अधिकांश सांसद र जनमोर्चाका सांसदले गण्डकीमा समर्थन जनाईसकेका छन्। यता नयाँ शक्तिले भने गण्डकी तमुवान प्रस्ताव गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.