|

काठमाडौं : प्रत्येक वर्ष खाद्य आयातको हिस्सा बढ्दै जाँदा यसलाई कम गर्ने एक उपाय कृषि आधुनिकीकरण र कृषि व्यावसायीकरण भएको सरोकारवालाहरूले बताउने गरेका छन्। यी दुवै कार्यका लागि दक्ष कृषक र कृषिप्रतिको सम्मान जोगाउन नीतिगत र व्यावहारिक वातवरण तय गर्दै गएको कृषि, भूमिसुधार तथा सहकारी सचिव युवकध्वज जिसी बताउँछन्।

कृषकलाई व्यावहारिक सम्मानका लागि पछिल्लो तीन वर्षदेखि सरकारले उत्कृष्ट र सर्वोत्कृष्ट कृषकलाई पुरस्कारसहित सम्मान गर्दै आएको छ। नेपाल सरकारको तर्फबाट यस वर्ष सर्वोत्कृष्ट कृषक पुरस्कार वितरण भएको छ। आर्थिक वर्ष २०७४/०७५ मा सर्वोत्कृष्ट किसानको रूपमा गोरखा पालुङटारका राजेन्द्र पन्तलाई पुरस्कारसहित बुधबार सम्मान गरिएको हो।

दुई लाख नगदसहित राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित पन्त गाई पालन व्यवसायमा संलग छन्। एक जना सर्वोत्कृटसहित चार जना उत्कृष्ट कृषकलाई पुरस्कार दिएकामा पन्त मात्रै पहाडमा कृषि गरेर सर्वोत्कृष्टको सूचीमा परेका किसान हुन्। अन्य चार भने तराई क्षेत्रमा कृषि गरेका कृषक रहेका छन्।

वार्षिक एक करोड आम्दानी

पन्तले वार्षिक एक करोड पाँच लाख रुपैयाँ बराबरको आम्दानी गाई पालनबाट गरेको बताएका छन्। गोरखा पालुङटार नगरपालिकामा २०५२ सालबाट गाई पालन व्यवसायमा उनी संलग रहेका छन्।

घरपरिवारसहित ४० जनालाई उनले रोजगारी दिएका छन्। अहिले वार्षिक दूध उत्पादन १५ हजार लिटर पुग्ने पन्तले बताए

कामधेनु गाई पालन केन्द्र स्थापना गरेर व्यवसाय सुरु गरेका उनीसँग अहिले साना ठूला ३०० गाई  छन्, जसमा २६० दुधे गाई छन् भने ४० बाच्छाबाच्छी रहेका छन्।

घरपरिवारसहित ४० जनालाई उनले रोजगारी दिएका छन्। अहिले वार्षिक दूध उत्पादन १५ हजार लिटर पुग्ने पन्तले बताए। राष्ट्रपति सर्वोत्कृष्ट पुरस्कार पाउँदा कृषिमा राज्यको सम्मान बढेको महसुस भएको पन्तको बुझाइ छ।

कुल पाँच करोड रुपैयाँ स्थिर लगानी पुर्‍याएका पन्तले आधुनिक प्रविधिको प्रयोग गरेका छन्। ३५७ रोपनी क्षेत्रमा व्यवसाय विस्तार गरिरहेका उनले ३४० रोपनी क्षेत्रमा घाँस खेती मात्रै गरेका छन्।

गाई पालनमा आधुनिक प्रविधिको प्रयोग गरेका उनले प्रशिक्षण केन्द्र, दाना उत्पादन घर, चिलि्ङ भ्याट, हाइड्रोपोनिक, पराल राख्ने घर र च्याफ कटर घर जस्ता कृषि पूर्वाधार पनि स्थापना गरेका छन्।

पन्तले जर्सी नश्‍ल, मिल्किङ मेसिन, घाँस काट्ने मेसिनहरूको प्रयोग गरेका छन्। त्यस्तै, लागत एवं प्रतिफलसम्बन्धी रेकर्ड व्यवस्थापन, प्रशिक्षकको रूपमा प्रशिक्षणसमेत दिँदै आएको पन्तले बताए।

बलदेव जान्थे पन्तकहाँ दूध खान

झण्डै २३ वर्षदेखि गाई पालन व्यवसायमा संलग्न पन्त गोरखाका परिचित पात्र हुन्- कृषि, भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि खनाल 'बलदेव'। युद्धको समयमा पन्तकहाँ दूध खान जाने गरेको स्मरण गरे। 'युद्ध चल्दा गोरखा पुग्दा दूध खान उहाँकहाँ नै जाने गर्थें', खनालले भने, '३/४ पटक उहाँकहाँ गएर दूध खाएको छु, छुट्टै आनन्द आउने गर्थ्यो।'

मन्त्री खनालले कृषि पेसामा कति मिहिनेत गरेर काम गर्नुपर्छ भन्ने उहादरण पन्त भएको बताए। 'अहिले पुरस्कार पाउनुभएको छ तर दुई दशकदेखि उहाँले सानो मिहिनेतले आफ्नो व्यवसाय जोगाउनुभएको छैन', पन्तले भने।

कृषि पेसामा निश्चित वर्गको मात्रै लगानी बढेको अवस्थामा यसरी प्रदान गरिने पुरस्कारले कृषि पेसाप्रतिको सम्मान बढाउने मन्त्री खनालको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.