|

काठमाडौं : उपत्यकाका केही ठाउँमा अवरुद्ध नेपाल टेलिकमको मोबाइल सेवा फेरि सुचारु भएको छ। बिहानदेखि फोन नलाग्ने समस्या आएपछि सेवाग्राहीलाई समस्या भएको थियो। सेवा पूर्ण क्षमतामा सुचारु भएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन्।

टेलिकमले विभिन्न छुट योजना ल्याएको र त्यसको सेवाग्राहीले अधिकतम प्रयोग गर्दा लोड धान्न नसकेर समस्या आएको जनाएको छ । उनले काठमाडौंको सुन्धारामा रहेको मोबाइल ट्रान्समिसन लाइनमा समस्या देखिएको र इन्जिनियरहरुले समस्या समाधान गरेको जानकारी दिइन्।  

टेलिकमले दशैं तिहार र छठ पर्वका लागि भनेर फोन, एसएमएस र इन्टरनेट प्रयोगमा छुट योजना लागू गरेको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.