|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-१, आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार बुधबार राति सोही स्थानका अन्दाजी वर्ष ९/१० की एलिशा तामाङलाई घरनजिकै कुटपिट गरी हत्या गरेर फालेको आरोपमा एकजनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बारा जिल्ला गटहला गाउँपालिका-४ का जोखन मन्सुरी छन्।

मन्सुरी र सोही ठाउँकी एक महिला बाख्राको खोरमा आपत्तिजनक अवस्थामा बालिकाले देखेपछि अभिभावकलाई सुनाउने डरले बालिकालाई तानेर लगी मारेर भाग्न खोजेको र गाउँलेले देखेपछि पक्राउ गरेर प्रहरीलाई बुझाएको मरासिनीले बताए। बालिका हत्यामा संलग्न मन्सुरी र ती महिलालाई आक्रोशित भिडले कुटपिट गरी घाइते बनाएको थियो। घाइते दुवैजनाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न दुवैजना प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढिसेकको प्रहरीले जनाएको छ। मन्सुरी नौ महिना अगाडिदेखि सोही ठाउँमा निर्माण मजदुरको काम गर्दै आएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.