|

लहान : प्रहरीले सिरहाको लहान नगरपालिका -५ मा ठूलो परिमाणमा मदिरा बरामद गरी नष्ट पारेको छ। अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले १० हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो।

लहान नगर क्षेत्रमा अवैध मदिराका कारण दिनहुँ समाजमा झैंझगडा, घरेलु हिंसा, महिला हिंसा र अकालमै मृत्यु हुनेलगायतका घटनामा वृद्धि भएपछि प्रहरीले नगर क्षेत्रभित्र अवैध मदिरा उत्पादनमा कडाइ गरेको छ।

लहान नगरपालिकाकाे धाती टोलको हरेक घरमा आधुनिक तरिकाबाट अवैध मदिरा उत्पादन भइरहेको सूचना पाएपछि छापामारी मदिरा उत्पादन गर्ने सामग्री र तयारी अवस्थामा राखिएको हजारौँ लिटर मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.