|
फाइल फाेटाे

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार बहुमतको आडमा अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन्। अध्यक्ष राणाले गृहमन्त्री रामबहादुर थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई अधिनायकवादी भनेकोमा आपत्ति जनाएका हुन्।

गृहमन्त्री थापाले बुधबार प्रतिनिधिसभा बैठकमा वरिष्ठ चिकित्सक केसीलाई अधिनायकवादीको आरोप लगाएका थिए। गृहमन्त्री थापाको सो अभिव्यक्तिले सरकार तानाशाही भएको पुष्टि भएको अध्यक्ष राणाको तर्क छ। राणाले जनताको पक्षमा समर्पण भावका साथ अघि बढ्ने वरिष्ठ चिकित्सक केसी कसरी अधिनायकवादी भए भनि सरकारलाई प्रश्न पनि गरे।

बिहीबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रीकरण गरिरहेको आरोप पनि लगाए। अध्यक्ष राणाले बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेश विपरित कैद सजाय मिनाहा गरेर सरकारले शक्ति पृथकीकरणको सिद्धान्तको पनि धज्जी उडाएको भन्दै असन्तुष्टि व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.