|

रुकुम : रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्। सदरमुकाम मुसिकोटबाट सोलावाङतर्फ गइरहेको लु३च ८२१२ नम्बरको ट्याक्टर बोहरागाउँको दाउरीकाट्ने मोडमा दुर्घटना भएको हो।

घाइते हुनेहरूमा मुसिकोट नगरपालिका १३ की नन्दकला परियार, भिमा परियार र सोही नगरपालिका साँखकी दिलमाया परियार रहेका छन्। नन्दकला बोल्न सक्ने अवस्थामा भए पनि भिमा र दिलमायाको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएको छ।

दुर्घटनाका घाइते तीनै जनालाई जिल्ला अस्पताल सल्लेमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। दुर्घटनामा परेको ट्याक्टर घाँसको बिरुवा र कुखुराको दाना लिएर सोलाबांग जाँदै गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.