|

सुर्खेत : अझै पनि ३८० जना बालबालिका विद्यालय बाहिर नै रहेको पाइएको छ। शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतले यो वर्ष २१३ छात्रा र १६७ छात्र गरी कुल ३८० विद्यार्थी विद्यालय बाहिर रहेको जनाएको हो। 

शिक्षाको पहुँच भन्दा बाहिर नरहुन् भन्ने उद्देश्यले सुर्खेतमा बिहीवारदेखि विशेष भर्ना अभियान सञ्चालन गरिएको छ। पाँचदेखि १२ वर्ष सम्मका कोही पनि बालबालिका हालसम्म जिल्लाभर सामुदायिक विलालयबाट कुल ९९ हजार ७८२ जना विद्यार्थीहरू भर्ना भएका छन्। जसमध्ये १४ हजार ६३१ जना विद्यार्थी यो वर्ष मात्रै नयाँ भर्ना भएको शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतले जनाएको भनाई छ। 

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र मन्त्रीपरिसदको निर्णयअनुसार सरकारले पहिलो पटक दोस्रो चरणको विशेष भर्ना अभियान सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतका प्रमुख जितबहादुर शाहले बताए। शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतले जिल्लास्थित नौवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकार वालाहरूको समन्वयात्मक बैठबाट दोस्रो चरणको विशेष भर्ना अभियान सञ्चालन गरेको हो। 

इकाइ प्रमुख शाहले पहिलो चरणको भर्ना अभियान सम्पन्न भएसँगै सरकारले नै  पाँचदेखि १२ वर्ष सम्मका कोही पनि बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर नरहुन भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.