|

रुकुम  ः रुकुम पश्चिममा हालसम्म ६० प्रतिशत खेतमा धान रोपाइँ भएको छ। अघिल्ला वर्षहरुमा भन्दा भन्दा यस वर्ष समयमै वर्षात तथा सिंचाइ सुविधा विस्तार हुदै गएसँगै रोपाइँ अघिल्ला वर्षहरुको तुलनामा केही बढी भएको हो। 

अघिल्लो वर्ष यो समयमा ४५ प्रतिशतको हाराहारीमा रोपाइँ हुन्थ्यो। ‘जिल्लाका स्थानीय तहमा रहेका कृषि प्राविधिकहरुको रिपोर्टको आधारमा जिल्लाभर ६० प्रतिशत रोपाइँ भएको छ’,जिल्ला कृषि विकास कार्यालय रुकुमका प्राविधिक सहायक रेशम बस्नेतले भने, ‘जेठको अन्तिम सातादेखि नै विभिन्न ठाउँमा रोपाइँ शुरु हुन्छ, कतै आकाशे पानीको भर त कतै सिँचाइ गरेरै राेपाइँ हुन्छ।’ रुकुमका माछिमी, चौरजहारी, कोटजहारी, राडी र खलंगालगायतका विभिन्न क्षेत्रमा राम्रो धानखेती हुने गरेको छ।

रुकुम पूर्व र पश्चिममा गरेर ३७ हजार ६२ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ। अघिल्लो वर्ष जिल्लामा ११ हजार ४ सय ४५ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ। अघिल्लो वर्ष भन्दा यो वर्ष धान उत्पादन बढ्ने पनि कृषि कार्यालयको अनुमान छ। 

‘कृषि कार्यालय, गाउँपालिका र नगरपालिका सहितका सरकारी निकायबाट २० मेट्रिक्टन उत्नत धानको बीउ बितरण भएको छ’ निमित्त कार्यालय प्रमुख राजेश साहले भने, ‘त्यस्तै १५ क्विन्टल भन्दा बढी उन्नत धानको बिउ निजी स्तरका एग्रोभेटहरुबाट पनि वितरण भएको छ।’


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.