|

काठमाडौं : साउन ११ गते रिलिज हुने फिल्म 'रोमियो एण्ड मुना'को स्याड भर्सन गीत रिलिज भएको छ। सार्वजनिक साँझ पर्यो बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ। काली र एकतारेको शब्द रहेको गीतमा गौरव डगाओंकरको स्वर रहेको छ।

भिडियोमा फिल्मका मूख्य कलाकारहरु विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिङ छन्। उनीहरु एक आपसमा छुट्टिएर आफ्नो आफ्नो घर फर्किएका छन्। विनय श्रेष्ठ 'रोमियो' धरानबाट काठमाडौँतर्फ हानिदै छन् भने सृष्टि अर्थात मुना आफ्नो गाउँ फर्केकी छन्।

नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’मा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको पनि अभिनय रहेको छ। फिल्ममा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले लगानी गरेका छन्।

हेर्नुहोस् गीत : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.