|

रौतहट : घुस लिँदालिँदै रौतहटमा एकजना कर्मचारीलाई  शुक्रबार अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रंगे हात पक्राउ गरेको छ। जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजय ठाकुरलाई अख्तियारको टोलीले  आफ्ना कार्यालयबाटै ४५ हजार नगदसहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाका शाखा अधिकृत तीर्थराज उपाध्यायको नेतृत्वको टोलीले प्राविधिक कार्यालयका इन्जिनियर अजयकुमार ठाकुरलाई पक्राउ गरेको हो। उनलाई ४५ हजार घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले रङ्गे हात पक्राउ गरेको हो।

रौतहटको फतुवाबिजयपुर नगरपालिका-८मा रहेको सरस्वती प्राथमिक विद्यालको भवनमा रङ्गरोगन, पर्खाल र बाटो निर्माणका उपभोक्ता समितिसँग अन्तिम बिल भुक्तानीको लागि ४५ हजार घुस रकम लिँदै गर्दा इन्जिनियर ठाकुर पक्राउ परेका हुन्।

स्थानीय तहको विकास निर्माणमा व्यापक अनियमिता भएको आशंकामा अख्तियारको आँखा रौतहटमा परेको छ। विगतका दिनहरूमा पनि स्थानीय विकास अधिकारी वसन्त भण्डारी, विद्युत् प्राधिकरण चन्द्रपुर शाखाका सवइन्जिनियर, जनस्वास्थ्य कार्यालयका एच ए प्रवीण झालगायतकाहरू यसरी नै नगदसहित पक्राउ पर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.