|

काठमाडौं : नायिका आँचल शर्मा अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ। सार्वजनिक ‘निवेदन’ बोलको गीतमा गुणराज श्रेष्ठको स्वर सुन्न सकिन्छ।  वी. पाण्डेको शब्द रहेको गीतमा सुवास भुसालको संगीत रहेको छ। उक्त गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन्।

सार्वजनिक उक्त गीतको भिडियोमा आँचलसँगै गुणराज र राजेशको पनि अभिनय रहेको छ। विकास सुवेदी निर्देशित भिडियो रमाइलो छ। दुई व्यापारी युवाहरू नायिका आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन्।

भिडियोमा कसैलाई प्रेम गर्नेको भावनासँग पैसाको खेल खेल्ने मानिस पनि हुन्छन् भन्ने संकेत दिइएको छ। आँचललाई मिलाइदिन्छु भन्दै निवेदन लेखिदिएर पैसा असुलेको रमाइलो दृश्य पनि भिडियोमा देख्न पाइन्छ।

भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ। अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.