|
धनकुटा, सन् १९६७, फोटो– पिटर भन मर्टन्स

काठमाडाैं : नेपालमा औपचारिक शिक्षाको सुरुवात तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्केपछि भएको मानिन्छ। आफ्ना छोराछोरीलाई अंग्रेजी पढाउन उनले विक्रम सवत् १९१० असोज अर्थात् सन् १८५३ अक्टोबरमा  काठमाडौंको थापाथली दरबारमा स्कुल खाले।

राणाका छोराछोरी, भारदारका छोराछोरी हुँदै वि.सं. १९४२ मा सर्वसाधारणका लागि पनि खुला गरियो। त्यसअघि र पछि पनि देशभर गुरुकुल वा भाषा विद्यालय सञ्चालनमा थिए, जहाँ संस्कृत पढाइ हुन्थ्यो। २०१० सालसम्म खुलेका २३३ वटा पाठशाला अर्को वर्ष राष्ट्रिय योजना आयोगको सिफारिसमा खारेज गरिएको थियो। 

२००४ सालमा देशभर १६ वटा आधार स्कुल खुलेका थिए। ती १२ सालमा अंग्रेजी स्कुलमा परिणत भएका थिए। अंग्रेजी शिक्षाको सुरुवात भए पनि विद्यालय भवन नहुँदा बालबालिका चौरमा बसेर पढ्थे। कतै कतै विद्यार्थीहरू काठका बेञ्चमा कोचाकोच बसेर पढेको देखिए पनि धेरैजसो विद्यालयमा विद्यार्थी खाली चौरमै बसेर पढ्थे। कोही सुकुल ओछ्याएर पढ्थे। केही विद्यालय रुखमुनि सञ्चालन हुन्थे।

जाडो होस् वा गर्मी बाह्रै महिना बालबालिका यसरी नै पढ्थे। सन् १९६२ देखि ६९ सम्म केही विदेशी नागरिकले नेपालका विभिन्न भू–भागमा खिचेका यी तस्विरले त्यतिबेलाको विद्यालय शिक्षाको अवस्था देखाउँछ– 

कास्की, सन् १९६९ फोटो– बिल ह्यान्सन

सिलगढी डोटी, सन् १९६७, फोटो– डग र नेन्सी ह्याच

पाल्पा, सन् १९६२, फोटो– ड्यान पियर्स

पोखरा, सन् १९६२, फोटो– ड्यान पियर्स

बन्दिपुर तनहुँ, सन् १९६७, फोटो– जिम फिल्ड

चिटी लमजुङ, सन् १९६६, फोटो– जिम फिल्ड

डोल्पा, सन् १९६८, फोटो– जिम फिसर

भोजपुर, सन् १९६४, फोटो– जिम फिसर

भोजपुर, सन् १९६४, फोटो– ल्यारी डालोज

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.