|
मतदान गर्दै प्रदेश सांसद।

गोरखा : प्रदेश ४ को नाम गण्डकी भएको छ। शुक्रबार बसेको प्रदेश ४ को प्रदेशसभा बैठकको दुईतिहाइ बहुमतले प्रदेश ४ को नाम गण्डकी राख्ने टुंगो लगाएको हो। 
प्रदेशको नाम सहमतिमा टुंगो लगाउने प्रदेश सरकारले कसरत गरे पनि अन्त्यमा मतदान गरी प्रदेशको नाम टुंगो लगाइएको हो । प्रदेश सभाका ५६ सांसदमध्ये ५४ जना सांसदले प्रदेशको नाम गण्डकी बनाउने पक्षमा मतदान गरेका थिए।

बाँकी दुईजना नयाँ शक्तिबाट चुनिएका सांसदले भने गण्डकीको विपक्षमा मतदान गरे। विपक्षमा मत हाल्ने सांसद हरिशरण आचार्य र धनमाया तामाङ दुबै गोरखाबाट निर्वाचित भएका सांसद हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.