|

काभ्रेपलाञ्चोक : खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार नगद घुससहित शुक्रबार दिउँसो धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरिएको छ।

खनाललाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार पनौती नगरपालिका–११ स्थित बल्थली बृहत खानेपानी उपभोक्ता समितिको बोरिङ मेशिन खरिद गरिएको विषयलाई लिएर इन्जिनियर खनाललाई चिनेको सप्लार्यसलाई भेटाइदिन गरिएको आग्रह अनुसार भएको कारोवार रकमको विषयलाई लिएर सो घटना भएको हुन सक्ने जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.