|

काठमाडौं : गायिका ज्योति खतिवडाको ‘बाचा गर बोलको गीतले दर्शकको मन जितेको छ। अपाङ्गता भएका बालबालिकालाई अवसर दिए सवलाङ्ग जतिकै उत्कृष्ट हुन सक्छन् भन्ने सन्देश दिइएको उक्त गीतले दर्शक तथा स्रोतको मन जित्न सफल भएको छ।

गीतमा मस्तिष्क पक्षघात भएका बालबालिकालाई स्वावलम्बी बन्न हौसला दिइएको छ। ज्योतिको शब्द रहेको उक्त गीतको भिडियोमा ज्योतिका साथमा उनका छोरा अर्वाचीन र बाल कलाकार विणभ जोशी अभिनय रहेको छ।

यस गीतलाई विभिन्न विद्यालयहरुले प्रदर्शन गरेका छन्। यस्तै, अपाङ्गतासम्बन्धी का कार्यक्रमहरु मा पनि प्रदर्शन गरिएको छ। गीतमा सङ्गीत र एरेन्ज विनय के २ ले गरेका छन् भने भिडियोको निर्देशन सशान कँडेलको छ। आमाहरूको भावना समेटिएको गीतमा आफ्ना बालबालिकाप्रतिको ममता, स्नेह र समर्पण लाई निकै मार्मिक तथा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ।

हेर्नुहोस् भिडियो : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.