|

सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिकामा बालविवाहको अवस्था उच्च रहेको एक तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७४÷७५ को तथ्याङकअनुसार नगरपालिकामा ५५० बालविवाह भएको तथ्यांकले भेटिएको हो।

नगरपालिका र सुरक्षित समाज नेपाल सुर्खेतको अध्ययनअनुसार जसमा नगरपालिकाको वडा नं. २ मा २७, ३ मा ३२, ४ मा ४३,  ५ मा ३०, ६ मा ३८, ७ मा ५०, ८ मा ४३, ९ मा २०, १० मा ३८, ११ मा १३  बालविवाह भएका छन्।

यस्तै, वडा नं. १२ मा ७७, १३ मा ४२, र १४ मा २० वटा बालविवाह भएको तथ्याङक सार्वजनिक गरिएको छ। जसमध्ये १६२ दलित समुदायमा, ६६ आदिवासी जनजाति र १४२ अन्य समुदायका रहेका छन्। चालु आर्थिक वर्षमा नगरपालिकामा एक हजार ६३८ विवाह भएको पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.