|

नयाँदिल्ली : भारतको सर्वाधिक जनघनत्व रहेको उत्तर प्रदेशमा प्लाष्टिकको कप र झोला प्रयोगमा प्रतिबन्ध लगाइने भएको छ। यही जुलाई १५ देखि प्लाष्टिकको कप र झोला प्रतिबन्ध गर्ने घोषणा शुक्रबार गरिएको हो। 

झण्डै २२ करोड जनसङ्ख्या रहेको उत्तर प्रदेशमा यसरी प्लाष्टिकको कप र झोला प्रतिबन्धको घोषणा गरिएको यो तेस्रो पटक हो। सन् २०२२ सम्ममा देशलाई प्लाष्टिकमुक्त मुलुक बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धतालाई साथ दिन उत्तर प्रदेशले पनि यस्तो घोषणा गरेको बताइएको छ। 

भारतका बहुसंख्यक अर्थात् २९ प्रदेशले आंशिक रूपमा वा पूर्ण रूपमा प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिसकेका छन्। तर निकै कम ठाउँमा मात्रै वास्तविक रूपमा कार्यान्वयन भएको अधिकारीहरूले जनाएका छन्। 

उत्तर प्रदेशमा सन् २०१५ मा गरिएको घोषणा कार्यान्वयन विफल भएको थियो।अदालतले कार्यान्वयनका लागि आदेश दिँदा समेत स्थानीय अधिकारीहरूले अस्वीकार गरेकाले कार्यान्वयन भएको थिएन। 

'हामीले पूर्ण रूपमा प्लाष्टिक प्रतिबन्धको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेका छौं, यो निर्णय यही जुलाई १५ देखि लागु हुनेछ', उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले ट्वीटरमा लेखेका छन्,'प्लाष्टिकको कप, गिलास र झोला प्रयोग गर्न सबै जनाले छोड्नुहुनेछ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.