|

खजुरा (बाँके) : डुडुवा गाउँपालिकाका इन्जिनियर तेजराज खड्का घुस लिएको अभियोगमा गएराति नेपालगञ्जबाट पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको टोलीले नेपालगञ्जको बीपी चोकस्थित एक होटलबाट एक लाख रुपैयाँसहित खड्कालाई पक्राउ गरेको हो । 

डुडुवा गाउँपालिका–६ हिरिमिनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माणको कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस मागेको आयोगका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताए। खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.