|

काठमाडौं : गायक प्रकाश तमाङको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच मेरी प्रिया बोलको गीत सार्वजिक गरिएको हो। गीतमा जाइज तमाङको शब्द तथा संगीत रहेको छ।

सार्वजनिक गीतको भिडियोमा गायक प्रकाश र सगुन शाही फिचर छन्। प्रकाश क्षेत्री निर्देशित भिडियोमा विरेन्द्र भट्टको छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ।

गीतको एल्बम विमोचनको काम संगीतकार विवि अनुरागीले गरेका थिए। कार्यक्रममा बोल्दै अनुरागीले संगीत क्षेत्र निकै पवित्र रहेकाले साधना गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘एउटै गीतबाट गायकहरु हिट पनि भएका छन र असफल पनि छन्। तर, निरन्तर साधना गरिरहे अवश्य सफल भइने छ।’

कार्यक्रममा गैर आवासिय नेपाली संघ मलेसियाका पुर्व महासचिव सुनिल चालिसे, गायक प्रेम नेपाली, गायक जीवन परियार, शब्द संकलन देव वटाला लगायतकाले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा निर्देशक प्रकाश क्षेत्री, छायांकार विरेन्द्र भटट, सम्पादक अनिल राना, शब्द संकलक तथा संगीतकार जायज तमाङलाई सम्मान गरिएको थियो।

गायक तमाङ विदेशबाट फर्किएर संगीतिक क्षेत्रमा लागेका हुन्। तमाङले यस अघि पनि विभिन्न गीतहरु गाईसकेका छन भने आफुले गाएका गीतहरुमा आफैले अभिनय समेत गर्ने गरेका छन्।

हेर्नुहोस् गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.