|

गोरखा : प्रदेश-४ लाई गण्डकी प्रदेश नामाकरण गरेपछि तमुवान-मगरात संघर्ष समितिले विरोध गरेको छ। शुक्रबार भएको संसद बैठकले प्रदेशको नाम गण्डकी राखेपछि संघर्ष समितिले विरोध जनाएको हो। संघर्ष समितिले हातमा कालोपट्टी बाँधेर विरोध जनाएको प्रेमध्वज थापा मगरले जानकारी दिए।

संघर्ष समितिले शनिबार मध्यान्ह १२ बजे गोरखा सदरमुकाममा विरोध प्रदर्शन गरेको छ। हरमटारीबाट सुरु भएको विरोध र्‍यालीले गोरखा बजार परिक्रममा गरेको थियो। उनीहरूले प्रदेशको नाम तमुवान–मगरात राख्न माग गरेका छन्। ‘हामी पहिचानको लडाइँमा छौँ’ आदिवासी जनजाति जिल्ला समन्वय परिषद् गोरखाका अध्यक्ष विष्णु रानाले भने ‘पहिचान विरोधीहरू होसियार। हामी हाम्रो पहिचानको रक्षा गर्न प्रदेशको नाम तमुवान मगरात राख्न चाहन्छौँ।’

विरोध र्‍यालीमा नेपाल मगर संघ गोरखा, तमुह्यूँला छोँजधी गुरुङ राष्ट्रिय परिषद, तामाङ घेदुङलगायतको जातिवादी जनजाति संस्थाहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.