|

रामेछाप : शेरबहादुर स्मृति प्रतिष्ठान रामेछापले जिल्लालार्इ छवटा एम्बुलेन्स प्रदान गरेको छ। प्रतिष्ठानले रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा गाउँपालिका र सुनापाति गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिष्ठानबाट वितरण गरिएका एम्बुलेन्सको साँचो सम्बन्धित नगरपालिका र गाउँपालिकामा गठित एम्बुलेन्स सञ्चालक समितिलाई  हस्तान्तरण गरेका छन्।

शेरबहादुर स्मृति प्रतिष्ठानले रामेछाप जिल्लाको दुईवटा नगरपालिका र चारवटा गाउँपालिकामा छुट्टाछुट्ट एम्बुलेन्स सञ्चालक समिति गठन गरी एम्बुलेन्स हस्तान्तरण गरेको हो।  नेपाली कांग्रेस रामेछापका महासमिति सदस्यसमेत रहेका प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर तामाङ (कान्छाराम)ले शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा एम्बुलेन्स वितरण गरेका हुन्। अध्यक्ष तामाङले पिताको नाममा शेरबहादुर स्मृति प्रतिष्ठान खडा गरी सामाजिक कार्य गर्दै आएका छन्।

रामेछाप जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यासीसमेत रहेका तामाङले निर्वाचनमा भोट माग्ने क्रममा आफूले जनतासँग गरेको बाचा अनुरूप एम्बुलेन्स वितरण गरेको बताए। एम्बुलेन्स वितरण कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चित्रलेखा यादवलगायका नेताहरूको समेत उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.