|

गुल्मी :  जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा सवारी दुर्घटनमा परी १९ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको छ।

ट्रापिक प्रहरी कार्यालयको तथ्यांकअनुसार भदौमा एकजना, असोजमा दुर्इजना, कातिकमा १४ जना, माघमा एकजना, फागुनमा एकजनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीका प्रमुख  प्रहरी नायव निरीक्षक डोरविक्रम कुँवरले जानकारी दिए। जसमध्ये १४ पुरुष र पाँचजना महिला रहेका छन्। 

कुँवरका अनुसार सवारी चलाउदा उच्च गतिमा सवारी हाक्दा ट्राफिक नियमको पालना नगर्दा १९ जनाले ज्यान गुमाउनु परेको दाबी गरे। कुँवरका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा १७ जना, २०७२/७३ मा १९ जना र आर्थिक वर्ष २०७३/७४ मा ११ जनाले ज्यान गुमाएको जानकारी दिए।

दुर्घटना न्यूनीकरण गर्न जनचेतना मुलक कार्यक्रम

सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका विभिन्न विद्यालयहरूमा यस आर्थिक वर्षमा २५ पटक दुर्इ हजार ७०७ जनालाई कक्षा संचालन गरिएको कार्यलयले जनाएको छ। यस्तै सुरक्षित चालक बनाउन गुल्मी यातायात व्यवसायी संघ गुल्मीका ५० जनालाई, व्यवसायी, सहचालक ३५ जनालाई कक्षा संचालनसमेत गरेको छ।

यस्तै जिल्लाका सर्वसाधरणहरू २३५ जनालाई चारपटक गरी ट्राफिक नियमसम्बन्धी जनचेतना मुलक कार्यक्रमहरू संचालन गरिनुका साथै र विभिन्न समयमा पर्चा पम्प्लेट वितरण, स्थानीय संचार माध्यमबाट ट्राफिक ज्ञानसम्बन्धी गतिविधिहरू प्रशारण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.