|

काठमाडौं :  बिमा समितिले बिमा कम्पनीलाई मर्जर प्रोत्साहन र बाध्यात्मक मर्जरको नीति लिने भएको छ। प्रोत्साहनअन्तर्गत स्वइच्छाले मर्जरमा जाने कम्पनीलाई सहुलियतको व्यवस्था गर्नेछ भने अन्यलाई मर्जर जानको लागि दबाब दिने बिमा समितिले जनाएको छ।

सिमितिले आर्थिक ०७३र ०७४ मा बिमा कम्पनीलाई चार गुणा चुक्ता पुँजी वृद्धिको योजना लिएको थियो। यो योजनाअन्तर्गत जीवन बिमा कम्पनीले ५० करोड रुपैयाँको चुक्ता पुँजीलाई दुई अर्ब र निर्जीवन बिमा कम्पनीले २५ करोड रुपैयाँको चुक्ता पुँजीलाई एक अर्ब रुपैयाँ २०७५ असार मसान्तसम्म पुर्‍याउनुपर्नेछ।

बिमा सिमितिले दिएको समय सीमा सकिन केही दिन मात्रै बाँकी रहँदा जीवन बिमातर्फ १८ मध्ये एउटा र निर्जीवन २० मध्ये ती वटा कम्पनीले चुक्ता पुँजी पुर्‍याएका छन्। बिमा क्षेत्रको नियामक निकाय बिमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार हालसम्म जीवन बिमा कम्पनीतर्फ नेपाल लाइफ इन्सुरेन्सले  दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याएको छ। निर्जीवन बिमा कम्पनीतर्फ हिमालयन जनरल इन्सरेन्स, शिखर इन्स्योरेन्स र नेको इनस्योरेन्स लिमिटेड एक अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याएका छन्। 

बिमा समितिको निर्देशिकाअनुसार चुक्ता पुँजी वृद्धि नगर्ने कम्पनीहरूलाई दुईपटक गरी तीन/तीन महिना म्याद थपिनेछ। थपिएको म्यादमा पनि पुँजी वृद्धि नगर्ने कम्पनीलाई भने बाध्यतम्क मर्जरको नीति सिमितिले ल्याउनेछ। 'हामीले दिएको समय असार मसान्त हो त्यसपछि दुईपटक गरी ६ महिना म्याद रहनेछ त्यसपछि पुँजी वृद्धि नभएमा मर्जरको बाटो जानुपर्छ' नेपाल आर्थिक पत्रकार समाज सेजन र बिमा समितिले शुक्रबार काभ्रेमा गरेको कार्यक्रममा समितिका अध्यक्ष चिरञ्‍जीवी चापागाईंले भने।

उनले पुँजी वृद्धि गरेर पनि मर्जरमा जाने वा पुँजी पुर्‍याउनको लागि समय सीमाभन्दा अघि मर्जरमा जाने बिमा कम्पनीलाई प्रोत्साहन दिनेसमेत बताए। 'हाम्रो लक्ष्य मर्जरमा लैजाने हो र कम तर प्रभावकारी कम्पनी बनाउनु हो, स्वइच्छाले मर्जरमा जाने कम्पनीलाई प्रोत्साहन दिन्छौँ' चापागाईंले भने।

बिमा समितिले गत वर्ष मात्रै १२ वटा कम्पनीलाई सञ्‍चालन अनुमति दिएको थियो। लामो समयदेखि सञ्‍चालन अनुमति मागेका कम्पनीलाई एकपटक खोलिएको र सबैले मागेको कारण अनुमति दिइएको अध्यक्ष चापागाईंले बताए।

हालसम्म नेपालमा जीवन बिमातर्फ बिमा गर्नेको संख्या १०.५६ प्रतिशत पुगेको छ। एक पुनर्बिमा कम्पनी, १८ जीवन बिमा कम्पनी, २० निर्जीवन बिमा कम्पनी गरी जम्मा ३९ वटा बिमा कम्पनी रहेका छन्। 

चैत मसान्तसम्ममा ५२ अर्ब ६८ करोड बिमा शुल्क आर्जन भएको छ भने लगानी दुई खर्ब एक अर्ब २७ करोड लगानी रहेको छ। कुल गार्हस्थ उत्पादनमा बीमा शुल्कको योगदान २.०३ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.