|

 गुल्मी : जिल्लाको मालिका गाउँपालिका-४ भीरकुनामा पानीको पाइप गाड्ने क्रममा पुरानो कम्ब्याड कपडाले बेरी राखेको ३ वटा सकेट बमजस्तो देखिने वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुराग कुमार द्धिबेदीले जानकारी  दिए।

स्थानीयले शंकास्पद वस्तु फेला परेपश्चात प्रहरीलाई खबर गरेका थिए। अर्खावाङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद खनालसहित तीनजनाको टोलीले अन्य ठाउँमा खोजी गर्दै गर्दा  १० मिटर तल  ओडारमा  पुरानो खालको हर्नेट नामक बन्दुक फेला परेको प्रहरीले जनाएको छ। द्वन्द्वकालमा गाडेर राखिएको हतियार हुन सक्ने प्रहरीले अनुमान गरेको छ। वीरभ्रद जंग गुल्म तम्घासको टोली त्यसतर्फ प्रस्थान गरेको  प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.