|

तनहुँ : नेपाल आदिवासि जनजाति महासंघले प्रदेश-४ को नामाकरणको विरोधमा शनिबार दमौलीमा सिठ्ठी जुलुस निकालेको छ। अनशन चौतारीबाट सुरु भएको जुलुस मेनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै तमुवान–मगरात संघर्ष समिति प्रदेश-४ का इन्चार्ज एवं नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष मन्धरी आलेले प्रदेश-४ को नाम गण्डकी नभई तमुवान–मगरात हुनुपर्नेमा जोड दिइन्।

तमुवान–मगरात संघर्ष समिति तनहुँका संयोजक सिद्धान्त थापा मगरले जातीय पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गरेका थिए। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतामा विरोध जुलुस निकालिएको थियो। उनीहरूले प्रदेश-४ को नाम संशोधन नगरेसम्म विरोधका कार्यक्रम निरन्तर अघि बढिरहने बताएका थिए।

आदिवासी जनजाति महासंघले तीन बुँदे विरोध कार्यक्रमसहित शुक्रबारै विज्ञप्ति जारी गरेको थियो। महासंघको केन्द्रीय निर्देशनअनुसार प्रदेश-४ को नाम तमुवान–मगरात माग गर्दै २३ गते शनिबार सिठ्ठी जुलुशसहित दमौली बजार परिक्रमा, २४ गते दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय तनहुँ घेराउ गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै संघर्ष समितिले २५ गते आइतबार तनहुँ जिल्लासहित गण्डकी प्रदेशको ११ वटै जिल्लामा बन्दको आह्वान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.