|

पश्चिमी जापानमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि कम्तीमा ४९ जनाको ज्यान गएको छ। 

बाढी पहिरोमा दर्जनौं हराइरहेको जनाएको छ। सबैभन्दा धेरै क्षति हिरोशिमा क्षेत्रमा भएको छ। हिरोशिमामा गत बिहीवारदेखि वर्षा भएको थियो। सो क्षेत्रका करिब १५ लाख मानिसलाई घर छोड्न निर्देशन दिइएको छ। दशौँलाख मानिसलाई सजग रहन भनिएको छ। विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएका छन्। 

जापानको राजधानी टाकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा शुक्रवार र शनिवार गरी ५८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विज्ञान निकायले जनाएको छ। उक्त संस्थाले आउने दिनमा थप वर्षा हुने जनाएको छ।   हिरोशिमादेखि ३०० किलोमिटर पूर्वमा पर्ने क्योटोमा पनि भारी वर्षा भएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.