|

थाइल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न  सुरु गरिएको छ। 

उद्धार अभियानका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले उद्धारकर्ताहरूको टोली स्थानीय समय अनुसार आइतबार बिहान १० बजे गुफाभित्र प्रवेश गरेको बताए।
गुफाको प्रवेशद्वार खाली गराइएको छ र अहिले त्यहाँ गोताखोरहरूको टोली, चिकित्सक तथा सुरक्षाकर्मी मात्रै छन्।

सयौँ संख्यामा गुफा बाहिर रहेका पत्रकारहरूलाई अधिकारीहरूले उद्धार कार्य शुरू गर्न उक्त क्षेत्रलाई खाली गराउन आवश्यक रहेको बताएका थिए। अभियान प्रमुख ओसोथ्थानाकोले १८ जना गोताखोरहरू जोखिमपूर्ण ठानिएको उद्धार कार्यमा सहभागी भएको र मौसमको अवस्था हेरेर उद्धार गर्न चार दिनसम्म लाग्न सक्ने बताए।

घुम्न गएका बालक तथा उनीहरूका फुटबल प्रशिक्षक २३ जुनमा पानीको भेल आएपछि भित्र थुनिएका थिए। गुफाभित्र रहेकासम्म अक्सिजन ट्याङ्क पुर्‍याउने क्रममा शुक्रवार एक थाइ पूर्वनौसैनिकको ज्यान गएको थियो। यसअघि फसेका बालक र उनीहरूका फुटबल प्रशिक्षण महिनौँसम्म भित्रै रहनुपर्ने अवस्था हुन सक्ने बताइएको थियो।
 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.