|

बाग्लुङ : बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

टिपर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण खुल्न नसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए। दुर्घटनामा परी बेनी–जोमसोम–कोरला सडकखण्डमा कार्यरत २० मजदुरको मृत्यु भएको थियो भने १२ जना घाइते छन्। ‘टिपरले ३२ जना मजदुरसहित बालुवा पनि बोकेको पाइएको छ,’ प्रनाउ खड्काले भने, ‘ओभरलोड र तीव्र गतिले दुर्घटनाग्रस्त भएको प्राररम्भिक अनुसन्धानले देखाएको छ।’

टिपर चालक धादिङका २३ वर्षीय सुजन घलानको दुर्घटनास्थलमै मृत्यु भएको थियो। एकातिर कच्ची सडक र अर्कातिर कम उमेरका चालकमा हुने अनुभवको कमीले पनि दुर्घटना निम्तिएको हुन सक्ने बताइएको छ। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा पर्ने बेनी–कोरला सडकखण्डको निर्माणमा खटिएका रोल्पा, दाङ, कैलालीलगायत जिल्लाका मजदुरले दुर्घटनामा ज्यान गुमाएका छन्। 

सबैभन्दा बढी रोल्पाका नौ मजदुरको उक्त दुर्घटनामा ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्षभित्रका छन् । सडक निर्माणको जिम्मा लिएको बिरुवा कन्सट्रक्सनमार्फत मजदूर कामका लागि मुस्ताङ पुगेका थिए।

यो पनि पढ्नुहाेस्

टिपर दुर्घटनामा मृत्यु भएका २० जनाकै शव पठाइयो पोखरा

मुस्ताङमा टिपर दुर्घटना, १५ जनाको घटनास्थलमै मृत्यु
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.