|

काठमाडौं : साउन ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चक्कर’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा सेक्स र क्राइमलाई देखाइएको छ। नायिका ऋचा शर्मा प्रहरी अफिसरको भूमिकामा देखिएकी छिन्।

ट्रेलरमा लिड कलाकारद्वय एभोनराज उप्रेती र अर्पणबीच द्वन्द्व देखिन्छ। यस्तै, अभिनेत्री द्वय सृजना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्य समेत जोडिएको छ, जसले फिल्मको कथामाथि केहि सस्पेन्स पनि छोड्छ।

फिल्मलाई अनुष्क रौनियारले निर्देशन गरेका छन्। 'नेशनल मिडिया प्रोडक्सन' र 'केटिएम आर्ट्स हाउस प्रोडक्सन'को ब्यानरमा बनेको फिल्ममा रविन आचार्यको लगानी रहेको छ। निर्माता आचार्यले खिचेको फिल्मको सम्पादनको काम निर्देशक रौनियारले गरेका छन्। फिल्ममा कथा, पटकथा र संवाद पनि रौनियार कै छ।

हेर्नुहोस् ट्रेलर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.