|

तनहुँ : नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले आइतबार मुख्यका लागि ज्ञापनपत्र बुझाएको छ। प्रदेश–४ को नाम ‘तमुवान–मगरात’ हुनुपर्ने मागसहित आदिवासी जनजातिले बृहत् नारा, जुलुसका साथ ज्ञापनपत्र बुझाएको हो।

प्रदेश-४को नाम तमुवान-मगरात कायम गर, जातीय पहिचानको सम्मान गर जस्ता नाराका साथ दमौली बजारको परिक्रमा गरी प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले ज्ञापनपत्र बुझाउदै आदिवासीको पहिचान रहने गरी प्रदेशको तमुवा मगरात नामाकरण गर्नुपर्ने माग गरेका थिए। उनीहरूले ज्ञापनपत्र बुझाउदै जतिसक्दो चाडो प्रदेश-४ का मुख्यमन्त्री समक्ष पुर्‍याउनसमेत आग्रह गरेका थिए।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ज्ञापनपत्र बुझ्दै आइतबारै उक्त ज्ञापनपत्र मुख्यमन्त्रीको कार्यालय पोखरा पठाइने प्रतिवद्धता जनाए।  दमौलीको अनशन चौतारीमा भएको कोणसभमा तमुवान-मगरात संघर्ष समिति प्रदेश-४ का इन्चार्ज मन्धरी आलेले हाम्रो माग पूरा नगरे आदिवासी जनजातिले कडा आन्दोलन गर्ने बताइन्।

त्यस्तै तमुवान मगरात संघर्ष समिति तनहुँका संयोजक सिद्धान्त थापा मगरले प्रदेशको नामाकरणले द्वन्द्व सिर्जना गर्न नहुने भन्दै मुख्य मन्त्रीले समयमा समाधान खोज्नुपर्ने बताए। नेपाल आदिवासी जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले असार २५ गते सोमबार प्रदेश ४ का ११ वटै जिल्ला बन्दको घोषणा गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.