|

काठमाडौं : भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मिस्टर भर्जिन’ को टिजर रिलिज भएको छ। आइतबार युट्युबमार्फत फिल्मको टिजर रिलिज गरिएको हो। टिजरमा तीनजना पुरुषले कण्डम माग्न नसकेको कुरा देखाइएको छ भने नायिका मरिस्का पोखरेलले सहजै कण्डम मागेको दश्य देख्न सकिन्छ।

'वर्ल्ड वाइड फिल्म ड्रिस्टिब्युसन' को व्यानरमा निर्माण भएको याे फिल्मकाे  निर्देशन विशारद बस्नेतले गरेका छन्। केही भर्जिन पात्रहरूको यौन मनोविज्ञानमा आधारित रहेर निर्माण भएको फिल्ममा गौरव पहरी, मरिष्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रवीन्द्र झा र सिर्जना सुब्बालगायतको मुख्य भूमिका रहने छ।

खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहेको यस फिल्ममा सन्दीप उप्रेती र मनीष खत्री सह निर्माता रहेका छन्। रामेश्वर कार्कीले खिचेको फिल्मलाई मिलन काप्रीले सम्पादन गरेका छन्।

हेर्नुहोस् टिजर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.