|

काठमाडौं : फिल्म ‘साली कसकाे भेनाको’ ट्रेलर रिलिज भएको छ। आइतबार युट्युबमार्फत फिल्मको ट्रेलर रिलिज गरिएको हाे। सार्वजनिक ट्रेलरमा साली र भेनाको सम्बन्धलाई देखाइएको छ। ट्रेलर कमेडी बनेको छ। र त्यसमा बोलिने संवाद पनि रमाइलो छ।

भद्र भुजेल निर्देशित फिल्ममा विल्सन विक्रम राई, मरिस्का पोखरेल, बुद्धि तामाङ, रजनी गुरुङ, सुस्मा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायतको मुख्य भूमिका रहेको छ। फिल्ममा प्रसाद श्रेष्ठ र सुरज शाही ठकुरी र मिन घलानले संगीत दिएका छन्।

पुष्प आचार्यको लेखन रहेको फिल्ममा रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीको संयुक्त लगानी रहेको छ। फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउँदै छ।

हेर्नुहोस् ट्रेलर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.