विश्व

बेलायती मन्त्रीले दिए राजीनामा
SHARES

Getty Image
असार २५, २०७५

    बेलायती सरकारका ब्रेक्सिट मन्त्री डेविड डेविसले राजीनामा दिएका छन्। प्रधानमन्त्री टिरिजा मे ब्रेक्सिट योजनालाई मन्त्रीपरिषदले अनुमोदन गरेको केही दिनमै ब्रेक्सिट मन्त्री डेविसले राजीनामा दिएका हुन्।

    ब्रेक्सिटको पक्षमा रहेकाहरुले प्रधानमन्त्री मेको ब्रेक्सिटसम्बन्धी योजनामा नरम भएको आरोप लगाउँदै आएका छन्। डेविस सन् २०१६ मा ब्रेक्सिट मन्त्री नियुक्त भएका थिए।

    डेविस बेलायत युरोपियन युनियनबाट बाहिरिने प्रक्रियामा हुने सबै छलफलका लागि जिम्मेवार थिए। यस्तै डेविसले राजीनामा दिएको केही समयपछि नै जुनियर मिनिस्टर स्टिभन बाकरले पनि राजीनामा दिएका छन्।

    सरकारले लिएको पछिल्लो नीति तथा रणनीतिले बेलायत इयुबाट बाहिने जस्तो नदेखिएको डेविसले राजीनामापत्रमा उल्लेख गरेका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]