|

गोरखा : प्रदेश ४ को नाम गण्डकी राखेको विरोधमा तमुवान–मगरात संघर्ष समितिले गरेको प्रदेश ४  बन्दले जनजीवन प्रभावित भएको छ। पहिचानमा आधारित नाम नराखिएको भन्दै समितिले दवाव स्वरुप बन्द आह्वान गरेको हो। 

बन्दका कारण गोरखा, पोखरा, तनहुँ, लम्जुङलगायतका प्रदेश ४ का सबै जिल्लामा सवारी साधान, विद्यालय, कलेज बन्द रहेका छन्। लामो तथा छोटो दूरीका सवारी साधन ठप्प रहेको यातायात व्यवसायीहरुले जानकारी दिए।

समितिका संयोजक कर्म तमुले माग सुनुवाई नभए निरन्तर थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएकी छन्। संघर्ष समितिले प्रदेशको नाम गण्डकी राखेको विरोधमा आइतबार प्रदेशको नाम गण्डकी र यहाँका समानुपातिक सांसदहरूको पुत्ला दहन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.