|

विश्वकप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएपछि ब्राजिलियन खेलाडी अझै आफूलाई समाल्न सकिरहेका छैनन्। बेल्जियमसँगको प्रतिस्पर्धामा एक आत्मघाती गोल नै हारको कारण भएको भन्दै अहिले ब्राजिलियन मिडियाले डिफेन्डर फर्नान्डिन्होको चर्को आलोचना गरिरहेका छन्।

बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा हेडिङ गोल गर्न पुगेपछि स्तब्ध बनेका फर्नाडिन्हो अहिले दर्शकको मात्र होइन सबैको आँखाको तारो बनेका छन्। दुई गोलले पछि परेको अवस्थामा ब्राजिलले खेलमा १ गोल फर्काएपछि उनको आत्मघाती गोल नै ब्राजिललाई घर पठाउन पर्याप्त आधार बनेको भन्दै उनको आलोचना बढेको हो।

फर्नान्डिन्हो आलोचनाका कारण निकै स्तब्ध छन्। एकत आफ्नै कारणले टिम पछि पर्न पुगेको तथा दोस्रोमा टिमको पराजयपछि उनको बढ्दो आलोचनाले उनी अब फेरि राष्ट्रिय टिममा खेल्ने या नखेल्ने अवस्थामा नै पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन्। कतिपयले भने उनको आलोचना बेकार भएको बताएका छन्। खेलाडीले अन्जानमा गरेको गल्तीको सजाय उसको करिअरलाई दिनु नहुने मतपनि उतिकै बलियोसँग उठेको छ।

बृटिस मिडियाले भने ब्राजिल आफ्नो कारणले नभई बेल्जियमको राम्रो खेलका कारण पराजित भएको बताएका छन्। उनीहरूले ब्राजिलविरुद्ध बेल्जियमको प्रदर्शन ऐतिहासिक र साहसिक रहेको भन्दै ब्राजिलले नराम्रो खेलेर हारेको भन्नु बेल्जियम माथिको अन्याय हुने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.