|

ब्राजिल विरुद्धको विश्वकप खेलमा नायक सावित भएका बेल्जियमका गोलरक्षक थिबाउट काउटोरिसको चर्चा चुलिएको छ। चेल्सीका नम्बर एक गोलरक्षकसमेत रहेका काउटोरिसले ब्राजिलियन खेलाडीका घातक मानिएका चार भन्दा बढी प्रहारलाई उत्कृष्ट रुपमा बचाउ गरेका थिए।

बेल्जियमको पोस्टमा ब्राजिलको ३ भन्दा बढी गोलनै हुने बल जोगाएपछि उनको अहिले बेल्जियममा मात्र होइन संसार भर खुलेर प्रसंसा भइरहेको छ। अनुभवी गोलरक्षक काउटोरिसले जिवनकै उत्कृष्ट प्रदर्शन गरेको भन्दै धेरैले उनको प्रदर्शनको खुलेर तारिफ गरेका छन्।

ब्राजिलविरुद्धको खेलमा नायक बनेपछि बेल्जियमले फ्रान्सविरुद्ध पनि सोहि प्रदर्शनको अपेक्षा राखेको छ। बेल्जियमको यू–१८ बाट एकैपटक उनी सिनियर टिममा परेका थिए । सन् २०११ देखि निरन्तर रुपमा बेल्जियमको पहिलो रोजाइका गोलरक्षक बनिरेका उनले ६३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

सन् २०११ देखि उनी चेल्सीमै छन। बिचमा केही समय एथलेटिको म्याड्रिड गएका थिए। क्लब लेभल तथा राष्ट्रिय टिममा राम्रो प्रभाव राखेका गोलरक्षक काउटोरिस फ्रान्सका लागि चुनौती बन्न सक्ने मुखय खेलाडीका रुपमा सर्वाधिक अघि समेत रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.