|

काठमाडौ: 'कम्‍युनिष्ट अधिनायकवाद देखियो, न्‍यायको घाँटी रेटियो, कांग्रेस सरकारले ल्याएको चिकित्सा विधेयक लागू गर, सर्वसत्तावाद मूर्दावाद' लगायतका नारा लगाउँदै आज पनि नेविसंघले माइतिघर मण्डलामा प्रदर्शन गरेको छ। चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा अनशनरत डा. गोविन्द केसीको समर्थन तथा निषेधाज्ञाको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्।

केहिबेर सडक अवरुद्ध गर्दै गरिएको प्रदर्शनकारीलार्इ बाटोबाट हटाइ छेउँमा राख्ने क्रममा केहिबेर प्रदर्शनकारी र प्रहरी बिच धकेला धकेल पनि भएको थियो। प्रदर्शनकारीले डा. केसीको समर्थन, निषेधाज्ञाको विरोध तथा असहमति राख्न पाउने अधिकारीको पक्षमा नारा लेखिएका प्लेकार्ड र केपी अाेली श्रीपेच लगाएका तस्बिरसहित सरकारबाट भएको अधिनायकबादको नारा लगाएका थिए।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.