|

काठमाडौं : नेपाली कांग्रेस सरकारमा भएको बेला चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलको पद वर्तमान सरकारले खारेज गरेको छ।बुधबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १४ देखि फागुन २ सम्म देउवाको सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरू बदर गर्ने निर्णय गरेअनुरूप उनको पद खारेज गरिएको हो।

आइतबार उनलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नियुक्ति बदरको पत्र पठाएको हो। नियुक्ति बदरको पत्र पाउनेमा बोर्ड अध्यक्ष निकितासँगै सदस्य विजय देउजा, सेन्सर बोर्डका सदस्य उमेश खड्का र देवीराम पराजुली परेका छन्।

चलचित्र विकास बोर्डको पहिलो महिला अध्यक्ष हुन्, निकिता। उनी गत वर्षको मंसिर २५ गते अध्यक्ष पदमा नियुक्त भएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.