|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सुशासन र विकासका लागि भ्रष्टाचार अन्त्य आवश्यक रहेको बताए। राष्ट्रियसभामा प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति तथा योजना आयोगको सचिवालय लगायत शिर्षकको विनियोजनमाथि उठेका जवाफमा ओलीले जवाफ दिँदै सुशासन र विकासमा सरकार अगाडि बढेको बताए।

उनले राष्ट्रियसभा सदस्यहरूले भ्रष्टाचार उन्मुलन हुनुपर्ने र देशलाई विकासमा लैजानुपर्ने भन्ने समान धारणा आएको पाएको बताए। उनले आफूले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अगाडि बढेको बताए। प्रतिपक्ष र सत्तापक्ष नभएर भ्रष्टाचार हुनुहुँदैन भन्ने रहेको पाएको बताए।

उनले त्यसका लागि भ्रष्टहरूमाथि कारबाही पनि हुने बताए। उनले देशलाई भ्रष्टाचारबाट मुक्त नगरी गरिबीबाट विकास र समृद्धिको बाटोमा जान नसकिने बताए। उनले राजनीतिक लडाइँ संविधान बनेपछि सकिएको बताए। देशमा तीन तहका निर्वाचन भइसकेको र अब विकासमा लाग्ने बताए।

उनले वर्तमान नेतृत्वको काँधमा देशलाई सुशासन र विकासको बाटोमा लाने अभिभारा आएको बताए। त्यो अभिभारा भ्रष्टाचार अन्त्य गरेर मात्रै अगाडि बढ्ने बताए।

उनले भ्रष्टाचारको विरुद्धमा सबैको आवाज समान भएको बताए। उनले आफूले सही अभियान र सबैको साथ पाउँदा खुसी लागेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.